Book Image

बजारशास्त्र ब्यबस्थापन (Marketing Management)

Author: Shushil Awale, Pranayaraj Acharya, Bikash Shrestha & Bhushan Dahal
  • ISBN: 9789937303606
  • Version: English/ Nepali
  • Price NRs. 435
  • Published Year 2020
  • Pages: 282
  • Avaliablility: In stock
  • University: Tribhuwan University

Order Now

नेपालमा व्यवस्थापन शिक्षामा कहलिएका शंकरदेव क्याम्पस, नेपाल कमर्श क्याम्पस
(मिनभवन), पब्लिकयुथ क्याम्पस र व्यवस्थापन केन्द्रीय विभाग त्रि.वि.क्याम्पसका
चार प्रतिभावान अध्यापकहरुको अनुभव एक साथ प्रस्तुत गरेका छौ“ ।

बुद्ध पब्लिकेशनबाट यो सुशिल अवाले शृङ्लाको २०औं संस्करण (९औ पुस्तक)
हो । स्नाकोत्तर तहका लागि बजारशास्त्र व्यवस्थापनको तेस्रो संस्करणको
सफलतापछि चौथो संस्करणको रुपमा नपालीमा यो किताब पस्केका छौ“ । यो
पुस्तकमा बजारशास्त्रका शिखर पुरुष प्राध्यापक डाक्टर कुन्दनदत्त कोइराला र सुशिल
अवालेद्वारा लिखित प्रारम्भिक बजारशास्त्रको आठौं संस्करणसम्मको सफल अनुभव
पनि समेटिएको छ । यस पुस्तकमा विकास श्रेष्ठज्यूको अनुसन्धान विषयको
विशेषज्ञताको ज्ञान, प्रनयराज आचार्य सरको व्यवसायिक अभ्यासको अनुभव, भूषण
दाहालज्यूको गैरसरकारी संस्था सञ्चालनको अनुभव पनि समेटिएको छ ।
यो पुस्तकले त्रि.वि.को एम.बि.एस. स्नातकोत्तर तह पहिलो सेमेष्टरको बजारशास्त्र
व्यवस्थापन विषयको पाठ्यक्रमलाई सतप्रतिशत समेटेको छ । यस पुस्तकको विशेषता
भनेको यसले समेटेको पठन पाठनको आधुनिकतम विधिहरु, मल्टिमिडिया प्रस्तुती,
केश विश्लेषण, प्रोजेक्ट कार्य, समूह छलफल, प्रतिवेदन लेखन आदि विषयको विस्तृत
व्याख्या हो । यस पुस्तकले त्रि.वि.को पाठ्यक्रम विषयसूची, बोर्ड परीक्षामा सोधिएका
प्रश्नपत्रहरु पनि प्रस्तुत गरेको छ ।

यो पुस्तक लेख्न सघाउने अध्यापकहरु, व्यावसायिक संस्थाहरु, विद्यार्थीहरुको
पृष्ठपोषणलाई धन्यवाद दिन चाहन्छौ“ ।

अन्त्यमा, यस प्रकाशन गृहका सञ्चालक नवराज बजगाईं, भाषा सम्पादक दिपन्द्र
श्रेष्ठ, ज्ञानु कार्कीलाई पनि धन्यवाद दिन चाहन्छौ । यस पुस्तकलाई थप विकास गर्न
फोनबाट, इमेलबाट पाठकहरुको पृष्ठपोषणको (Feedback) को आशा राख्दछौ“ ।