Book Image

अर्थशास्त्र - कक्षा १२

Author: प्रा. डा. नवराज कणेल, प्रा. डा. माधव प्रसाद दाहाल, डा. नर बहादुर बिष्ट, मणिरत्न लम्साल र इन्द्रप्रसाद भुसाल
  • ISBN: 9789937304016
  • Version: Nepali
  • Price NRs. 345
  • Published Year 2024
  • Pages: 276
  • Avaliablility: In stock

Order Now

अर्थशास्त्र व्यावहारिक विज्ञान हो । यसकारण अर्थशास्त्र विषयको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । हाम्रा दैनिक जीवनका गतिविधिहरू प्रत्यक्ष रूपमा अर्थशास्त्रस“ग सम्बन्धित छ । व्यक्तिगत जीवनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अर्थशास्त्रको विषयले अत्यन्त महत्वपूर्ण स्थान पाउ“दछ । नेपालमा अर्थशास्त्र सामाजिकशास्त्र विषयको प्रमुख विषयको रूपमा परिचित छ र यो विषय व्यवस्थापन, शिक्षा, कानुन, स्वास्थ्य, इन्जिनियरिङ्ग, वन विज्ञान विषयहरूमा पनि अध्ययन अध्यापन गराइन्छ । त्यसैकारण पनि विद्यार्थीहरूका लागि अर्थशास्त्र विषय आकर्षण बन्न पुगेको छ ।
कक्षा १२ का विद्यार्थीहरूका लागि अंग्रेजी भाषामा लेखिएको पुस्तक "Economics - II" ज्यादै लोकप्रिय बन्न सफल भएको छ । त्यस पुस्तकमा भएको विषयवस्तु र सरलीकरण प्रस्तुति लोकप्रियताको कारण हो भन्ने हामीलाई लागेको छ । नेपाल राज्यभरि अंग्रेजी भाषाको पुस्तक पठन पाठनमा कठिनाई हुने भएको महसुस गरी अर्थशास्त्र–२ पुस्तकलाई नेपाली भाषामा विद्यार्थी शिक्षक तथा अर्थशास्त्र जान्न चाहने सबैका लागि तयार गरिएको छ । पुस्तकलाई नेपाली भाषामा अनुवाद नगरी नेपाली शैलीमा प्रस्तुत गरिएको छ । अझै परिमार्जन र नया“ तथ्यांकसहित प्रस्तुत गर्ने प्रयास गरिएको छ र सकेसम्म त्रुटि सच्चाउने प्रयास गरिएको छ । त्यसै कारणले पुस्तकलाई उच्च माध्यमिक शिक्षा परिषद्ले पनि सान्दर्भिक पाठ्यसामाग्रीको रूपमा मान्यता दिएको छ किनकि यस पुस्तकलाई सबैले सजिलैस“ग बुझ्ने गरी तयार पारिएको छ ।
हालै परिमार्जित कक्षा १२ को पाठ्यक्रममा आधारित रहेर तयार पारिएको यस पुस्तकमा विषयवस्तुलाई ६ खण्डमा वर्गीकरण गरिएको छ । पहिलो खण्डमा अर्थशास्त्रको आधारभूत अवधारणालाई समेटिएको छ । दोस्रो खण्डमा सूक्ष्म अर्थशास्त्र सम्बन्धी उल्लेख गरिएको छ । तेस्रो खण्डमा बृहत् अर्थशास्त्रलाई समेटिएको छ भने चौथौं खण्डमा विकास अर्थशास्त्र सम्बन्धी सामग्री प्रस्तुत गरिएको छ । पाँचौ खण्डमा नेपालको अर्थव्यवस्थालाई समेटिएको छ भने छैटौं तथा अन्तिम खण्डमा आधारभूत तथ्याङ्कशास्त्रबारे छलफल गरिएको छ ।
यस पुस्तकको खास विशेषता भनेको पुस्तकका लेखकहरू त्रिभुवन विश्वविद्यालयदेखि उच्च मा.वि.सम्म विषय समितिहरूमा बसेर पाठ्यक्रम तयार गर्ने, परिमार्जन गर्ने तथा शिक्षण विधिका बारेमा तालिम दिने स्रोत व्यक्तिहरूको समूह भएको र स्नातकोत्तरदेखि कक्षा ११ र १२ मा पठनपाठनमा संलग्न विज्ञहरूको समूहले तयार गरेको पुस्तक हो ।
अर्थशास्त्र–२ पुस्तकको मुख्य विशेषता भनेको प्रत्येक एकाइमा पाठस“ग मेलखाने चित्र, ध्बचm गउ ब्अतष्खष्तष्भक, गृहकार्य र कक्षाकार्य, प्रत्येक खण्डको अन्त्यमा अभ्यासका लागि नमुना प्रश्नहरू र खण्डको सारांश समेत प्रस्तुत गरिएको छ तथा गणितीय खण्डमा प्रशस्त अभ्यासका लाग विषयवस्तुहरू समावेश गरिएका छन् । अर्थशास्त्रका कतिपय शब्दहरू सुरुमा पाठकहरूलाई बुझ्न कठिनाई हुने भएकोले त्यस्ता शब्दहरूको छोटकरीमा अर्थ खुलाई प्रस्तुत गरिएको छ । यति हु“दाहु“दै पनि कतिपय मानवीय त्रुटि यस पुस्तकमा भेटिन सक्छन् । त्यसैले सबै शिक्षकवर्ग, विद्यार्थी तथा समस्त पाठकवर्गहरूलाई हामी त्रुटिहरूको बारेमा जानकारी दिन हार्दिक अनुरोध गर्दछौं र आगामी संशोधित प्रकाशनमा त्यस्ता त्रुटि सच्चाउने र अझै परिमार्जन गर्ने प्रत्यत्न गर्नेछौं ।
अन्तमा, यस पुस्तक तयार पार्नको लागि हौसला प्रदान गर्नु हुने यस बुद्ध पब्लिकेसन्स प्रा.लि.का प्रबन्ध निर्देशक नवराज बजगाईलाई धन्यवाद नदिईरहन सकिन्न । यसका साथै हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस पुस्तक तयार गर्ने क्रममा सहयोग पु¥याउनु हुने हाम्रा अभिन्न मित्रहरू तथा सहकर्मीहरू पनि धन्यवादका पात्र हुनुहुन्छ ।