Book Image

व्यवसायिक अध्ययन - कक्षा ११

Author: Prof. Dr. Prem Raj Panta, Dr. Deepak Shakya, L P Pandey, Dhruba Subedi & Rajanbikram Thapa
  • ISBN: 9789937303668
  • Version: English/ Nepali
  • Price NRs. 271
  • Published Year 2020
  • Pages: 247
  • Avaliablility: In stock

Order Now

उच्च शिक्षाको पाठयक्रमहरुलाई व्यावसायिक तुल्याई विद्यार्थीहरुमा प्रँज्ञिक साथै पेशागत दक्षता बढाउदै लैजाने
उद्देश्य अनुरुप उच्च माध्यमिक तहको कक्षा ११ मा अध्ययन गराइने व्यावसायिक सङ्गठन विषयको परिमार्जित
पाठ्यक्रमलाई आधार मानी यो पुस्तक लेखेका छौं । सूचना र प्रविधिको क्षेत्रमा भएको विकास र गतिशिलतासंगै
व्यवसायिक जगतमा पनि आमूल परिवर्तन देखिएको छ । विश्वव्यापीकरण, तीव्र प्रतिस्पर्धात्मक वातावरण, ग्राहक
तथा उपभोक्तको ज्ञान, रुचि र चाहनामा व्यापक परिवर्तन लगायतका कारण व्यावसायिक सङ्गठनहरूको प्रकृति
तथा क्षेत्र निरन्तर रूपमा विस्तार तथा परिवर्तन हु“दै गइरहेको छ । जसको फलस्वरुप उच्च माध्यमिक तहमा
अध्ययन गराइने व्यावसायिक सङ्गठन विषयको आवश्यकता र महŒव पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । अझ
आगामी दिनहरूमा यसको औचित्य र सान्दर्भिकता बढी देखिने कुरामा पनि दुईमत छैन । प्रस्तुत सन्दर्भमा।
बजारमा अंग्रेजी माध्यमका पुस्तकहरू बढी मात्रामा भेटिए तापनि सरल नेपाली भाषामा लेखिएको यस विषयका
पुस्तकहरूको अभाव देखिएकाले हामीलाई यो पुस्तक लेख्न अभिप्रेरित गरेको हो ।
यस पुस्तकमा जम्मा १४ वटा अध्यायहरू राखिएका छन् । अध्याय १ मा व्यवसायको परिचय अन्तर्गत आर्थिक
क्रियाकलापका विभिन्न आयम, व्यवसायका उद्देश्य तथा वातावरणीय तत्वहरु समेटिएका छन्, जसले विद्यार्थी एवम्
पाठकवर्गलाई व्यवसाय सम्बन्धमा प्रारम्भिक चरणका आधारभूत ज्ञान बुझ्न मद्दत पु¥याउ“छ । अध्याय २ मा
व्यावसायिक विचार अन्तर्गत नवीन र निकै उपयोगी विषय समेटिएको छ जसबाट विद्यार्थीले व्यवसायमा
सृजनशिलता र नवप्रवर्तनको भूमिकालाई बुझेर जीवनोपयागी शिक्षा लिन सक्छन् । अध्याय ३ मा प्रस्तुत संसाधन
परिचालन अन्र्तगत व्यवसाय संचालनका लागि आवश्यक मुख्य संसाधनको व्याख्या गरिएको छ भने अध्याय ४
देखि १० सम्म विभिन्न व्यावसायिक सङ्गठनका बारेमा अति उपयोगी विषयवस्तुहरू समेटिएका छन् । जसले
नेपालमा विभिन्न प्रकारका व्यावसायिक सङ्गठनहरू दर्ता गर्ने कानुनी प्रक्रिया एवम् तिनका आधारभूत सैद्धान्तिक
पक्षहरूबारे जानकारी प्रदान गर्दछ । अध्याय ११ ले व्यावसायिक नैतिकता र सामाजिक उत्तरदायित्वको सम्बन्धमा
बुझन र मर्यादित रुपमा व्यवसायमा संलग्न हुन विद्यार्थीहरुलाई समयमा सजग तुल्याउ“छ । अध्याय १२ मा
व्यवसाय सञ्चालनको क्रममा आइ पर्र्ने विभिन्न जोखिमहरु त्यसलाई न्यूनीकरण गर्न सहयोग पुर्याउने औजारको
रुपमा वीमाको बारेमा निकै उपयोगी सामाग्री प्रस्तुत गरिएको छ । अध्याय १३ मा विद्यार्थीहरुलाई कर र यसका
प्रकार तथा स्थायी लेखा नम्बर प्राप्त गर्ने विधीहरुसम्मको व्यवहारिक ज्ञान समावेश गरिएको छ । अन्तिम अध्याय
१४ मा कार्यालय व्यवस्थापनका विभिन्न महŒवपूर्ण पक्षहरू समावेश गरिएका छन् । जसमा कार्यालयको अभिन्न
अङ्गको रूपमा रहने फाइलिङ र अनुक्रमणिका अध्याय पनि पुस्तकमा विस्तृत रूपमा समावेश गरिएको छ । यसका
अतिरिक्त यस पुस्तकको निम्न प्रमुख विशेषताहरू छन्ः–

 यो पुस्तकमा प्रस्तुत गरिएका विषयहरु नेपाल सरकार, पाठयक्रम विकास केन्द्रबाट स्वीकृत भएको हो । यसमा
प्रस्तुत गरिएका सबै अध्यायहरु उच्च माध्यमिक तहको कक्षा ११ मा अध्ययन गराइने व्यावसायिक सङ्गठन
विषयको परिमार्जित पाठ्यक्रमलाई पूर्ण रुपमा अनुसरण गरी लेखिएको छ ।

 पुस्तकको प्रत्येक अध्यायमा आवश्यकता अनुसार सरल भाषामा परिभाषाहरू समावेश गरिएको छ, साथै
विभिन्न विद्वानका छोटा र सान्दर्भिक परिभाषा एवम्
भनाइहरू अंग्रेजीमा र सरल अनुवाद गरी नेपालीमा
राखिएका छन् ।

 विषयवस्तुहरूलाई सरल र बु“दागत रूपमा प्रस्तुत गरिएको छ । बु“दाहरूलाई अंग्रेजी र नेपाली दुवै भाषामा
राखिएको छ, जसले गर्दा विषयवस्तु बुझेपछि विद्यार्थी आफैंले सिर्जनात्मक रूपमा प्रश्नको जवाफ दिन सक्ने
अपेक्षा गरिएको छ । प्रत्येक अध्यायको अन्तमा निकै छोटा उत्तर आउने, छोटा उत्तर आउने र लामो उत्तर आउने प्रश्नहरु र
भविष्यमा परीक्षामा सोध्न सकिने प्रश्नहरू समावेश गरिएको छ ।

 हरेकअध्यायमा विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्न, प्रस्तुतिकरणको क्षमता अभिबृद्धि गर्न तथा विद्यामन
अवस्थाको बोध गराउन परियोजनात्मक कार्य समावेश गरिएको छ ।

 विभिन्न अध्यायहरूमा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विषयवस्तु अनुसार चित्र तथा तालिकाहरू समेत
प्रस्तुत गरिएको छ ।

 महŒवपूर्ण अध्यायहरूमा विषयवस्तुलाई संक्षिप्त रूपमा बुझ्न सजिलो बनाउने उद्देश्यले “स्मरणीय तथ्यहरू”
समेत समावेश गरिएको छ ।

यो पुस्तक सामूहिक प्रयासको उपज हो । धेरै सम्बन्धित विषयका शिक्षकहरू तथा विज्ञहरूको सल्लाह, सुझाव र
प्रेरणाबाट यो पुस्तक लेख्ने जमर्को गरिएको हो । विभिन्न अध्यायहरूको लेखनमा हाम्रो समान योगदान रहेको छ ।
यस पुस्तकमा रहेका गल्ती, कमी कमजोरी र थप गर्नुपर्ने विषयहरूको सन्दर्भमा विद्वान पाठकवर्ग, शिक्षक तथा
विद्यार्थीहरूबाट प्राप्त सुझाव, सल्लाहको स्वागत गर्दै आगामी संस्करणमा परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
यो पुस्तकको प्रकाशन गर्न तथा प्रकाशनका सबै प्रक्रियामा आ नो अमूल्य सल्लाह, सुझाव र सहयोग प्रदान गरी
यो स्वरूपमा पुस्तक प्रकाशन गरिदिनु भएकोमा बुद्ध पब्लिकेशन्सका प्रबन्ध निर्देशक नवराज बज्गाइ“लाई हार्दिक
धन्यवाद दिन चाहन्छौं । छोटो समयमा पनि अथाह मेहनत र परिश्रम गरी पुस्तकलाई यो अवस्थामा सार्वजनिक
गर्न मद्दत गर्नुहुने दिपेन्द्र श्रेष्ठ र रजनी श्रेष्ठलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं । साथै यस पुस्तक प्रकाशनको
क्रममा विभिन्न किसिमबाट सहयोग प्रदान गर्नुहुने बुद्ध पब्लिकेशन्स प्रा.लि.का सम्पूर्ण कर्मचारीहरूप्रति पनि आभार
व्यक्त गदैछौं ।