Book Image

व्यवसायिक अध्ययन - कक्षा १२

Author: Prof. Dr. Prem Raj Panta, Dr. Deepak Shakya, L P Pandey, Dhruba Subedi & Rajanbikram Thapa
  • ISBN: 9789937303729
  • Version: Nepali
  • Price NRs. 220
  • Published Year 2078
  • Pages: 200
  • Avaliablility: In stock

Order Now

उच्च शिक्षाको पाठयक्रमहरुलाई व्यावसायिक तुल्याई विद्यार्थीहरुमा प्रँज्ञिक साथै पेशागत दक्षता बढाउदै लैजाने
उद्देश्य अनुरुप उच्च माध्यमिक तहको कक्षा १२ मा अध्ययन गराइने व्यावसायिक सङ्गठन विषयको परिमार्जित
पाठ्यक्रमलाई आधार मानी यो पुस्तक लेखेका छौं । सूचना र प्रविधिको क्षेत्रमा भएको विकास र गतिशिलतासंगै
व्यवसायिक जगतमा पनि आमूल परिवर्तन देखिएको छ । विश्वव्यापीकरण, तीव्र प्रतिस्पर्धात्मक वातावरण, ग्राहक
तथा उपभोक्तको ज्ञान, रुचि र चाहनामा व्यापक परिवर्तन लगायतका कारण व्यावसायिक सङ्गठनहरूको प्रकृति
तथा क्षेत्र निरन्तर रूपमा विस्तार तथा परिवर्तन हु“दै गइरहेको छ । जसको फलस्वरुप उच्च माध्यमिक तहमा
अध्ययन गराइने व्यावसायिक सङ्गठन विषयको आवश्यकता र महŒव पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । अझ
आगामी दिनहरूमा यसको औचित्य र सान्दर्भिकता बढी देखिने कुरामा पनि दुईमत छैन । प्रस्तुत सन्दर्भमा।
बजारमा अंग्रेजी माध्यमका पुस्तकहरू बढी मात्रामा भेटिए तापनि सरल नेपाली भाषामा लेखिएको यस विषयका
पुस्तकहरूको अभाव देखिएकाले हामीलाई यो पुस्तक लेख्न अभिप्रेरित गरेको हो ।

 यो पुस्तकमा प्रस्तुत गरिएका विषयहरु नेपाल सरकार, पाठयक्रम विकास केन्द्रबाट स्वीकृत भएको हो । यसमा
प्रस्तुत गरिएका सबै अध्यायहरु उच्च माध्यमिक तहको कक्षा १२ मा अध्ययन गराइने व्यावसायिक सङ्गठन
विषयको परिमार्जित पाठ्यक्रमलाई पूर्ण रुपमा अनुसरण गरी लेखिएको छ ।

 पुस्तकको प्रत्येक अध्यायमा आवश्यकता अनुसार सरल भाषामा परिभाषाहरू समावेश गरिएको छ, साथै
विभिन्न विद्वानका छोटा र सान्दर्भिक परिभाषा एवम्
भनाइहरू अंग्रेजीमा र सरल अनुवाद गरी नेपालीमा
राखिएका छन् ।

 विषयवस्तुहरूलाई सरल र बु“दागत रूपमा प्रस्तुत गरिएको छ । बु“दाहरूलाई अंग्रेजी र नेपाली दुवै भाषामा
राखिएको छ, जसले गर्दा विषयवस्तु बुझेपछि विद्यार्थी आफैंले सिर्जनात्मक रूपमा प्रश्नको जवाफ दिन सक्ने
अपेक्षा गरिएको छ । प्रत्येक अध्यायको अन्तमा निकै छोटा उत्तर आउने, छोटा उत्तर आउने र लामो उत्तर आउने प्रश्नहरु र
भविष्यमा परीक्षामा सोध्न सकिने प्रश्नहरू समावेश गरिएको छ ।

 हरेकअध्यायमा विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्न, प्रस्तुतिकरणको क्षमता अभिबृद्धि गर्न तथा विद्यामन
अवस्थाको बोध गराउन परियोजनात्मक कार्य समावेश गरिएको छ ।

 विभिन्न अध्यायहरूमा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विषयवस्तु अनुसार चित्र तथा तालिकाहरू समेत
प्रस्तुत गरिएको छ ।

 महŒवपूर्ण अध्यायहरूमा विषयवस्तुलाई संक्षिप्त रूपमा बुझ्न सजिलो बनाउने उद्देश्यले “स्मरणीय तथ्यहरू”
समेत समावेश गरिएको छ ।

यो पुस्तक सामूहिक प्रयासको उपज हो । धेरै सम्बन्धित विषयका शिक्षकहरू तथा विज्ञहरूको सल्लाह, सुझाव र
प्रेरणाबाट यो पुस्तक लेख्ने जमर्को गरिएको हो । विभिन्न अध्यायहरूको लेखनमा हाम्रो समान योगदान रहेको छ ।
यस पुस्तकमा रहेका गल्ती, कमी कमजोरी र थप गर्नुपर्ने विषयहरूको सन्दर्भमा विद्वान पाठकवर्ग, शिक्षक तथा
विद्यार्थीहरूबाट प्राप्त सुझाव, सल्लाहको स्वागत गर्दै आगामी संस्करणमा परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
यो पुस्तकको प्रकाशन गर्न तथा प्रकाशनका सबै प्रक्रियामा आ नो अमूल्य सल्लाह, सुझाव र सहयोग प्रदान गरी
यो स्वरूपमा पुस्तक प्रकाशन गरिदिनु भएकोमा बुद्ध पब्लिकेशन्सका प्रबन्ध निर्देशक नवराज बज्गाइ“लाई हार्दिक
धन्यवाद दिन चाहन्छौं । छोटो समयमा पनि अथाह मेहनत र परिश्रम गरी पुस्तकलाई यो अवस्थामा सार्वजनिक
गर्न मद्दत गर्नुहुने दिपेन्द्र श्रेष्ठ र रजनी श्रेष्ठलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं । साथै यस पुस्तक प्रकाशनको
क्रममा विभिन्न किसिमबाट सहयोग प्रदान गर्नुहुने बुद्ध पब्लिकेशन्स प्रा.लि.का सम्पूर्ण कर्मचारीहरूप्रति पनि आभार
व्यक्त गदैछौं ।